logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विरोध र प्रदर्शनपछि चीनमा लकडाउन खुकुलो


अंकुरण खबर
4.433K
Shares

चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ ।

साङ्घाई र गोङजाउ सहरका केही जिल्लामा लकडाउन हटाइएको छ । त्यस्तै, चोङकिङगमा पनि लकडाउन खुकुलो पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनका उपप्रधानमन्त्री सन चुनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ । सरकारले शून्य कोभिड नीतिको नाममा नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक क्रियाकलाप ठप्प पार्ने काम गरिहेको भन्दै यसअघि विभिन्न सहरमा प्रदर्शन भएका छन् ।