logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूसँग माग्यो तत्काल गर्न सकिने सुधारका कार्ययोजना


अंकुरण खबर
1.56K
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालयहरूसँग सुधारको कार्ययोजना मागेको छ ।

नयाँ सरकारलाई सहजीकरण हुने उद्देश्यले मन्त्रिपरिषद् कार्यालयले दुई साताअघि नै मन्त्रालयहरूसँग पूर्वाधार, उद्योग, लगानी, राजस्व, व्यवस्थापकीय तथा सेवा प्रवाहलगायतका क्षेत्रमा गर्न सकिने सुधारको खाका मागेको हो ।

कार्यालयका सहसचिव नारायणप्रसाद भट्टले तत्काल सुधारको योजना, त्यसका लागि आवश्यक बजेट र समयसीमासहितको खाका मन्त्रालयहरूसँग माग गरिएको बताए । नयाँ जनादेशसहित आउने नयाँ सरकारका लागि सहयोग हुने गरी सुधारको समेत लक्ष्य राखेर कार्ययोजना माग गरिएको उनले बताए । ‘अहिले सेवाप्रवाह र विकास निर्माण अपेक्षाकृत भएन भन्ने गुनासो छ ।

व्यापार, लगानीको अवस्था राम्रो नभएको तथा अर्थतन्त्रसमेत संक्रमणबाट गुज्रिरहेको छ,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न तत्काल के गर्न सकिन्छ भनेर मन्त्रालयहरूसँग कार्ययोजनाको खाका मागिएको हो ।’ यसका लागि विषयगत समूह बनाएर काम भइरहेको सहसचिव भट्टले बताए । कार्यालयका सात सचिवहरूको नेतृत्वमा विषयगत समिति बनेका छन् ।