logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु


अंकुरण खबर
936
Shares

रौतहट वृन्दावन नगरपालिका-७ धमौरामा आज बिहान ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

गरुडाबाट हर्षाहातर्फ जाँदै गरेको ना ७ त ६१६९ नम्बरको ट्याक्टरले पैदल हिंडिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा पौने ९ बजे मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

मृतक महिलाको सनाखत हुन सकेको छैन ।

ठक्कर दिने ट्याक्टर सहित चालक बाराका गुडु यादवलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।