logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बाजुरामा बद्री पाण्डे २१ सय १४ मतले अघि


अंकुरण खबर
1.807K
Shares

बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले एमालेका कर्णबहादुर थापाभन्दा २१ सय १४ मतको अग्रता लिएका छन्।

पाण्डेले ६ हजार ५५३ मत प्राप्त गरेका छन् भने थापाले ४ हजार ४२१ मतसहित पाण्डेलाई पछ्याइरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरिले २८, जनता समाजवादी पार्टीका रामबहादुर शाहीले १५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ३९ मत प्राप्त गरेका छन्।