logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार दिनभित्र मतगणना सम्पन्न हुने आयोगको अनुमान


अंकुरण खबर
1.339K
Shares

निर्वाचन आयोगले अबको चार दिनभित्र मतगणना सम्पन्न हुने बताएको छ। अहिले प्रत्यक्षतर्फ दोलखा, स्याङजा र बाजुराको मतगणना चलिरहेको छ।

आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले अब चार दिनभित्र सबै मतगणना सम्पन्न हुने अनुमान आयोगले गरेको बताए। आयोगले समानुपातिकतर्फ दलहरुसँग नाम लिएर अन्तिम परिणाम तयार गर्दै राष्ट्रपतिलाई बुझाउनेछ।

दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने उनले जानकारी दिए।