logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डलाई प्रधानमन्त्री बनाउने भए एमालेसँग मिल्न माओवादी तयार


अंकुरण खबर
2.899K
Shares

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने बताए । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको सबै विकल्प खुल्ला रहेको उनको प्रतिक्रिया छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको विश्लेषण गर्दै माओवादीले यस्तो निर्णय गरेको हो ।