logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने


अंकुरण खबर
2.47K
Shares

नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

माओवादीले यो निर्णय गरेसँगै सरकार गठनका लागि नयाँ समीकरण बन्ने सम्भावनाको ढोका खुलेको छ । शनिबार  बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन ।अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’ उनले एमालेसँग सहकार्य गर्ने निर्णय भने नभएको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए ।

केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए । त्यसबेला ओलीले बसेर छलफल गर्ने प्रस्ताव गरेका थिए ।