logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अबको सरकार कांग्रेस र एमालेको बन्नुपर्छ : कांग्रेस नेता भुसाल


अंकुरण खबर
2.158K
Shares

नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका भुसालले कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताए ।

नेता भुसालले नेकपा माओवादी केन्द्रका कारण २०६४ पछि देशमा राजनीतिक अस्थिरताले निरन्तरता पाएको आरोप लगाउंदै यसपटक माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिपक्षमा बस्नु उपयुक्त हुने औंल्याए ।