दोलखामा अहिले पनि मतगणना जारी रहेको छ ।
पछिल्लो परिणामअनुसार गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गंगा कार्की थोरै मतले अगाडि छन् ।
माओवादीका गंगा कार्कीले ३३ हजार ७०७ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत पाएका छन् । कार्की र शिवाकोटीबीच मतान्तर ११४ रहेको छ ।
अब विगु गाउँपालिका १ लामावगर, २ ओराङं, शैलुङ गाउँपालिका १ दुधपोखरी, २ भुषाफेदा, मेलुङ गाउँपालिका १ पवटीगणना हुन बाँकी छ । मतगणनाको अन्तिम चरणमा आइपुग्दा रोचक बनेको छ ।