मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ ।
गएको सोमवार सुरुङमा पठाएको पानी गए राति सुन्दरीजल आइपुगेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
यसअघि वर्षाका कारण सुरुङमा पानी पठाउन बन्द गरिएको थियो । सुन्दरीजलमा आइपुगेको पानीले सुरुङ पखालेर अहिले सुरुङ भर्न थालेको र अब केही दिनमा काठमाण्डौ उपत्यकामा वितरण सुरु हुने पन्तले बताउनुभयो । अब झन्डै छ महिनासम्म दैनिक १७ करोड लिटर पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो ।
मेलम्चीको मुहानमा ुहेडवर्क्सु को काम नसकिएकोले वर्षा लागेपछि भने सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने हुन्छ । मेलम्चीको पानी काठमाडौ उपत्यकामा बाह्रै महिना वितरणका लागि आवश्यक प्रक्रिया त
त्काल कार्यान्वयनका लागि अगाडि बढिरहेको पनि मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी पन्तले बताउनुभयो ।