logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोट जाँदै गरेको यात्रु बस सल्यानमा दुर्घटना हुँदा १८ जना घाइते


अंकुरण खबर
676
Shares

सल्यानको बनगार कुपिण्डे नगरपालिका–११ मा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

सबै घाइतेहरुलाई उपचारको लागि सुर्खेतको मेहलकुना पठाइएको सल्यान प्रहरीले जनाएको छ । यात्रुवाहक बस सडकबाट करिब २ सय मीटर तल खसेको थियो ।