logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरीको नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ


अंकुरण खबर
1.521K
Shares

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ परेका छन्।

ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको एसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिए।

चितवन रत्ननगर नगरपालिका(५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतोलाई साइबर ब्युरोले पक्राउ गरेको हो। उनले ‘साइबर ब्युरो नेपाल’ नामको फेसबुक पेज बनाएको आरोप छ।

उनलाई चितवन प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।