logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समानुपातिकको मतगणना सकियो


अंकुरण खबर
1.287K
Shares

निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मत गणना सम्पन्न भएको जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको कुल मतदानमध्ये एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको जानकारी दिए। अन्तिम मत परिणामअनुसार, सबैभन्दा धेरै नेकपा ९एमाले० ले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ। यो कुल सदर मतको २६।९४ प्रतिशत हो।

नेपाली कांग्रेसले समानुपातिकमा २७ लाख १५ हजार २२५ मत पाएको छ। यो कुल सदर मतको २५।७१ प्रतिशत हो। एमालेले कांग्रेसको भन्दा एक लाख ३० हजार मत बढी पाएको छ।

नेकपा ९माओवादी केन्द्र० ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ चौथो स्थानमा रहँदै ११ लाख ३० हजार ३४४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत ल्याएको छ।

निर्वाचन आयोगका अनुसार, एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये यो निर्वाचनमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७२ हजार हाराहारी मतदाताले मतदान गरेका थिए।