logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी सैन्य शिविरमा यसरी प्रहार गरियो दर्जन मिसाइल


अंकुरण खबर
1.105K
Shares

इरान -अमेरिकाको ड्रोन आक्रमणमा इरानका मुख्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानमा बदलाको आक्रोश उत्पन्न भएको छ।

आइतबार रातो झण्डा देखाउँदै अमेरिकासँग युद्धको घोषणा गरेको इरानले सुलेमानीको अन्तिम संस्कारको केही घण्टालगत्तै इराकस्थित अमेरिकी सेनाको बेस क्याम्प र बिहीबार इराकस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण गरेको छ।

इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन मिसाइल प्रहार गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

उक्त आक्रमणमा १३ मिसाइल प्रहार गरिएको बताइएको छ।  आक्रमणबाट ८० अमेरिकी नागरिकको ज्यान गएको इरानले दाबी गरेपनि अमेरिकाले भने आफ्ना कुनै पनि नागरिकको ज्यान नगएको बताएको छ।

मिडिया रिर्पोटका अनुसार ती मिसाइलहरु इरानबाटै प्रहार गरिएका हुन्। अहिले इरानले मिसाइल आक्रमण गरेका केही तस्वीरहरु सार्वजनिक भएका छन्।

हेर्नुहोस् ती तस्वीर;