logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु


अंकुरण खबर
1.17K
Shares

भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ।

हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए।

हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्।