चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ।
बिहानैदेखि हुस्सु र कुहिरोले चिसो बढाएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अधिकांश भूभागमा तापक्रम क्रमश घट्दै गइरहेको विभागले जनाएको छ। हाल देशको पहाडि भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम समान्यतया सफा रहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो गण्डकी र प्रदेश १ का साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने भएको छ।
यस्तै बुधबार राति वागमती र गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बदली हुनेछ।