logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोलुङ हाइड्रोपावरले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


अंकुरण खबर
2.457K
Shares

नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ।

धितोपत्र बोर्डले कम्पनीलाई कुल ३५ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गर्न मंसिर १५ गते अनुमति दिएको हो।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा मात्र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्नेछ।