नेकपा एमालेको आज शुक्रबार १ बजे बस्ने भनिएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।
आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने तयारी एमालेले गरेको थियो, तर अन्तिम समयमा आएर बैठक नै स्थगित भएको छ ।
एमालेले ३४ सिटको फाइनल गर्ने तयारी गरिरहेको छ । तयारी नपुगेपछि अन्तिम समयमा आएर शुक्रबारको १ बजेको बैठक स्थगित भएको हो ।
अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बोलाइएको थियो, तर तयारीको लागि बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ ।