logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदै


अंकुरण खबर
2.444K
Shares

कतारमा जारी विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदैछ । पहिलो क्वार्टर फाइनल अन्तर्गत नेपाली समयानुसार राति पौने ९ बजे ब्राजिल र क्रोएसिया प्रतिस्पर्धा गर्दैछन् ।

खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुबै टोली जीत निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छन् ।

यसअघि ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले भने जापानलाई हरायो ।

यस्तै, दोस्रो क्वार्टरफाइनलअन्तर्गत अर्जेण्टिना र नेदरल्यान्ड्सबीच लुसाइल स्टेडियममा उक्त खेल राति पौने १ बजे शुरु हुनेछ ।