logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती बालिका करणी गरेको अभियोगमा एक पक्राउ


अंकुरण खबर
2.275K
Shares

प्रहरीले १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-३ बस्ने २४ वर्षीय सरोज विक रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई सिन्धुपाल्चोकस्थित आफ्नै घरमा लगेर ललाई–फकाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आफन्तको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको प्रहरीले विकलाई बुधबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।