logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि आन्दोलनमा उत्रिए थलीवासी


अंकुरण खबर
1.989K
Shares

शुक्रबार बिहानैदेखि सडक कालोपत्रे माग गर्दै चावहिल साँखु सडकखन्डअन्तर्गत थली क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिए। कालोपत्रे गर्ने आश्वासन दिँदै ठेकेदार कम्पनीले पटकपटक झुक्याएको भन्दै उनीहरूले पूर्ण रुपमा सडक अवरुद्द गरे।

त्यस स्थानका स्थानीयले आजभन्दा करिब आठ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्दै आएका छन्। यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर दास्रो साताबाट कालोपत्रेको काम सुरु गर्ने भनेर सूचना जारी गर्यो। तर, सूचना जारी भएको एक महिना बित्नै लाग्दा पनि काम सुरु नभएसँगै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।