logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समानुपातिक सांसद छान्न दलहरूलाई सकस


अंकुरण खबर
1.157K
Shares

प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न दलहरूलाई सकस भएको छ। नाम पठाउने समयावधि सकिन एक दिनमात्रै बाँकी रहँदा अधिकांश दलहरूले नामावली तयार पार्न सकेका छैनन्।

निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन दलहरूलाई पत्राचार गरेको छ। तर, कुनै पनि राजनीतिक दलले समानुपातिक सांसदको नाम आयोगसमक्ष पेस गरेका छैनन्। शनिबार अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने छ।

प्रत्येक राजनीतिक दलमा आकांक्षीहरू धेरै भएका कारण समानुपातिक सांसद छान्न सकस भएको हो।