logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा


अंकुरण खबर
1.872K
Shares

कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लाथेको हो।

यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्।