logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटबाट दुई थान भरुवा बन्दुक सहित एक पक्राउ


अंकुरण खबर
637
Shares

प्रहरीले भरुवा बन्दुक दुई थान सहित नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ बाट एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो स्थानीय २० वर्षीय गुरु दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको सालको रुखमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।