नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सबैभन्दा न्यून बिन्दुमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अद्यावधिक गरेका तथ्यांक अनुसार यतिबेला नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३० रहेको छ ।
पछिल्लो २४ घण्टामा भने दुई जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १३ सय ५ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ५५६ जनाको पीसीआर गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो भने ७४९ जनाको एन्टीजेन्ट गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन