logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एनसेलद्धारा अर्को ५८ अर्ब कर छली, तिराउन अभियान सञ्चालन गर्न लागेका छौंः डा. भण्डारी


अंकुरण खबर
2.353K
Shares

निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेल एजियटा लिमिटेडले पुँजीगत लाभकर छली गरेको मुद्दा सेलाउन नपाउँदै ५८ अर्ब रुपियाँभन्दा बढी आयकर छली गरेको अर्को मुद्दा चर्चामा आएको छ ।

वरिष्ठ अधिवक्ता तथा अभियन्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको एनसेलको आयकर तिराउन अभियान सञ्चालन गर्न लागिएको हो । भण्डारीका अनुसार अभियान सञ्चालनका लागि डा. द्धारिकानाथ ढुंगेल, सुकदेव भट्टराई, पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहितको चार जनताको टिमले कर तिराउन अभियान सञ्चालन गर्न लागेको हो ।

डा. भण्डारीले भने, ‘हामी अहिले टिम बनाएर यस विषयमा अध्ययन गरिरहेका छौं । एक राउण्ड छलफल पनि गरिसक्यौं । फेरि हामी थप अध्ययनका लागि बस्दैछौं । यसमा सबैले हामीलाई सहयोग पनि गर्नुपर्यो ।’ कर कार्यालयले २०७७ पुसमा कार्यालयले जरिवानासहित ५८ अर्ब आयकर छली गरेको निर्धारत गरेपछि एनसेल मुद्दामा गएको थियो । सर्वोच्च अदालतमा विचाराधिन उक्त मुद्दाको अहिलेसम्म कुनै टुंगो लगाइएको छैन् । सर्वोच्चले कर छली गरेको ठहर गरेमा एनसेलले उक्त रकममा थप १५ प्रतिशत ब्याजसहित कर तिर्नुपर्ने हुन्छ ।

एक कर अधिकृतले भने, ‘हामीले आयकर छली गरेको देखेपछि कर निर्धारण गरेर तिर्न एनसेललाई जानकारी गराएको हो । तर उसले त्यसविरुद्ध कोर्टमा गयो । अहिलेसम्म अदालतबाट टुंगो लागेको अवस्था छैन् । विभाग (आन्तरिक राजश्व विभाग)को कानुन शाखाले यो मुद्दा हेरिरहेको छ ।’