काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङका क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
जसमा सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका तीन जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरीएको छ।
सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ।
सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।