logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाराही हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँ छुटनुु भयो कि ?


अंकुरण खबर
2.717K
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन खुला गरेको हो । यसअघि स्थानीयलाई निष्काशन खुला गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरी कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गरिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कूल निष्काशन मध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।