logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाए सडक रोज्छौं : प्रचण्ड


अंकुरण खबर
1.534K
Shares

नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार निर्माणका लागि भित्रभित्रै कुरा चलिरहेको सूचना आफूकहाँ आइपुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन्।

हाल प्रचण्ड कांग्रेस नेतृत्वको सरकारमा सत्ता साझेदार रहेका छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई ललितपुरमा सम्बोधन गर्दै दुई ठूला दलबीच सरकार निर्माण भए आफ्नो प्रतिपक्षमा बस्ने उनले बताएका हुन्।

उनले भने, ‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको थाहा पाएका छौं।

उनले एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गर्दै माओवादीलाई सिध्याउन खोजेको दाबी गरे। ‘त्यतिबेलै माओवादीलाई सिद्धयाउन खोजिएको थियो तर हामी सिद्धिएनौं। झन् निर्णायक भएका छौं’, प्रचण्डले भने।