logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रधानमन्त्रीलाई मारौँ भन्ने काँग्रेस नेता पक्राउ


अंकुरण खबर
1.261K
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद आग्रह गरेको आरोपमा मध्य प्रदेश काँग्रेसका नेता राजा पटेरिया पक्राउ परेका छन् । हिजो सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीको हत्या गर्न मानिसहरुको एउटा समूहलाई उचालेको आरोप लागेको छ ।

भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूलाई भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्,उनले धर्म,जात,भाषाको आधारमा विभाजन गर्नेछन्,दलित,आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनको निम्ति मोदीलाई मार्न तयार हुनुहोस् ।’

उनको टिप्पणीपछि मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुध्द मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको छ । पटेरियाविरुद्ध हिजो दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको छ ।