logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा झिनो अंकको गिरावट


अंकुरण खबर
2.093K
Shares

साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा झिनो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सेचञ्ज २.५७ अंकले ओरालो लागेको छ ।  योसँगै नेप्से परिसूचक १८९९.७० को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटा उपसमुह घटेको छ ।

नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७ करोड ७० लाख रुपैयााँ माथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत घटेर करोडमा सीमित हुन पुगेको छ ।

आज पनि नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ७ करोड १७ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।