logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याएको २४ लाखसहित एक युवक पक्राउ


अंकुरण खबर
1.677K
Shares

मोटरसाइकलको ट्यांकीभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाबाट एक भारतीय युवकलाई पक्राउ गरेको  छ । प्रहरीले मंगलवार भारत घर बताउने २३ वर्षीय उमेश कुमारलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।