logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरको दुई दिने निःशुल्क स्वास्थ्य शिविर


अंकुरण खबर
2.964K
Shares

काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

बुधबार ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनाएको छ।

शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोगको उपचार गरिने छ।

यस्तै, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको उपचार गरिने महानगरले बताएको छ।