logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४२८५ जना उम्मेदवारको जमानत जफत


अंकुरण खबर
1.82K
Shares

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ १८४ जना पुरुष निर्वाचित भएको जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ९१ जना महिला निर्वाचित भएको बताए । प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६.९ प्रतिशत र महिला ३३.१० प्रतिशत निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

प्रमुख आयुक्त थपलियाले सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको बताए ।