logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्विटरको सिइओबाट राजीनामा दिने एलन मस्कको घोषणा


अंकुरण खबर
975
Shares

एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्विट गर्दै छिट्टै सिइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वटिरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए । ट्विटरमा ​गरिएकाे भोटिङ पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो ।

भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले सिइओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।