logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखियो, मास्क लगाउनुहोस्- स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
2.795K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।

मन्‍त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्।

‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ।

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्।

छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ।