logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यो कार्यकाल भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छुः प्रधानमन्त्री प्रचण्ड


अंकुरण खबर
1.599K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको कार्यकालमा आफू भाषणभन्दा पनि काम बढी गर्ने पक्षमा रहेको बताएका छन्।

शनिबार चितवनको नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने उनको भनाइ थियो। ‘मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकाल भाषण कम, काम धेरै र जनताको सेवा धेरै गर्ने मैले प्रतिज्ञा गरेको छु,’ उनले भने।

साथै उनले जनतालाई मर्कामा पार्ने कुनै पनि निर्णयविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिए। प्रधानमन्त्री प्रचण्डले भने, ‘जनतालाई पीर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु।’