logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तराईमा सुरु भयो शीतलहर तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियस कम, जाडोबाट बच्न आग्रह


अंकुरण खबर
1.742K
Shares

आइतबारदेखि तराई भू–भागमा, मुख्यतया मध्य तराईमा, दिनभर हुस्सु/कुहिरो लागेको छ । भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । उक्त स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै तराईका धेरै भूभागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको छ । उक्त क्षेत्रहरूमा मध्यनजर गर्दा हाल नेपालको तराई भूभाग विशेषतः नेपालगन्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको छ । यो शीतलहर अझै केही दिनसम्म कायम रहने सम्भावना भएको भन्दै विभाग भन्छ, “तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुनसक्ने सम्भावना रहेको देखिन्छ ।”

नेपालगन्ज भन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्न गई बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिन्छ । त्यसैले अबका केही दिन चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतलहर र हिमपातका कारण पर्ने असरलाई ध्यानमा राख्न निर्देशन दिएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै यसबाट नागरिकलाई कसरी जोगाउने योजना बनाएर अगाडि बढ्न निर्देशन दिएका छन्