logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

थापाथलीमा फुटपाथ व्यापारीमाथि फेरि लछारपछार


अंकुरण खबर
2.522K
Shares

थापाथलीमा फुटपाथ व्यापारीमाथि फेरि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले लछारपछार गरेका छन् । मंगलबार महानगरबाट खटिएको नगर प्रहरीको टोलीले फुटपाथ व्यापारीका मकै, बदाम, दाउरा कपडालगायत सामान खोसेको हो ।

६० वर्षीय तेजबहादुर तामाङ र सीता लामा दम्पती तथा सञ्जुदेवी चौधरीले लामो समयदेखि थापाथलीको फुटपाथमा व्यापार गर्दै आएका छन् । नगर प्रहरीले उनीहरूलाई कैयौँपटक लछारपछार गरिसकेको छ ।

“अरू काम गर्न सकिँदैन । यसरी नगर प्रहरी लुकेर आएर कति सामान लग्यो, लग्यो । हामीलाई कसले हेरिदिने ,” सञ्जुदेवीले भनिन् ।

२० वर्षदेखि आफूहरूले फुटपाथमा व्यापार गर्दै आएको उनीहरू बताउँछन् ।

नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे फुटपाथ व्यापारीमाथि महानगर लचिलो नबन्ने बताउँछन् । काठमाडौंका धेरै चोकमा फुटपाथ उठाएर पैदलयात्रुका लागि सहजकीकरण गरिएको उनको भनाइ छ ।