सिमरा उपमहानगरपालिका –१५ घर भई हाल टोखा नगरपालिका–८ ग्रिनल्याण्ड डेरागरी बस्ने २२ वर्षीय सुजन लोपचन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे अझै नखुलेको प्रहरीको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार सल्यान बागचौर नगरपालिका –२ तल्लो चिलढाले बस्ने ४७ वर्षीय अमरबहादुर डाँगी सोही ठाउँस्थित मरेला खहरे खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।