पोर्चुगलमा भएको एक फूटबल खेलमा रेफ्रीले सेतो कार्ड देखाएका छन् ।
सेतो कार्ड चाहिँ फेयर प्लेलाई प्रोत्साहन गर्नका लागि देखाइएको हो ।
स्पोर्टिङ लिस्बन र बेनफिका क्लबका महिला फूटबलरहरूको म्याचमा सेतो कार्ड देखाइएको हो ।
काटारिना काम्पोसले उक्त कार्ड देखाएकी हुन् । उनले कार्ड देखाउँदा दर्शकहरूले ताली बजाएर हर्ष प्रकट गरेका थिए ।