बैंकमा जम्मा गर्न लगेको पैसा बाँडीचुँडी खाएर आपराधिक लाभ लिएको आरोपमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१० मा रहेको माँ दुर्गे मनि ट्रान्सफरबाट कृषि विकास बैंकमा जम्मा गर्न लगिएको ४ लाख १४ हजार ८०० रुपैयाँ बाँडीचुँडी लिएको आरोपमा प्रहरीले मनि ट्रान्सफरका कर्मचारीसमेत ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगञ्ज–१० का २२ वर्षीय आकाश साह, सोही ठाउँका वर्ष २२ कै सञ्जय साह र २१ वर्षीय महम्द सकिर मियाँ छन्।