logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एउटा ढोका बन्द हुँदा हजार ढोकाहरु आफै खुल्नेछन् : लामिछाने


अंकुरण खबर
2.054K
Shares

वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले एउटा ढोका बन्द हुँदा हजार ढोका खुल्ने दाबी गरेका छन् ।

आफ्ना भाई रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो टीप्पणी गरेका हुन् ।

शुक्रबार पद मुक्त भएका रवि र उनका दाजु हरिशरनबीच आज भेट भएको हो ।

‘आज “हामी यहाँ छौ“, तर भोलि कहाँ पुग्छौ त्यो समयले परख गर्ने छ। एउटा ढोका बन्द हुदा हजार ढोकाहरु आफै खुल्नेछन। देश बिदेशका शुभचिन्तक साथिहरु, धैर्य राखौ, शान्त बसौ, सकारात्मक र आशाबादी बनौ’ हरिशरनले लेखेका छन् ।

रविका दाजुभाई बीच चुनावको समयमा मनमुटाब थियो । तर, पछिल्लो समय उनीहरुबीचको सम्बन्ध सुमधर हुँदै गएको बुझीएको छ ।