logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो


अंकुरण खबर
1.573K
Shares

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको छ ।

लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।

शुक्रबार सर्वोच्च  अदालतले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।  सोही अनुसार लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।