logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी


अंकुरण खबर
1.586K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म राख्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिमा एक खालको समझदारी बनाएर गएपछि सबै मन्त्रालयको भागवण्डा गर्न समेत सहज हुने बताएको छ । त्यो अवस्थासम्म रास्वपा र एमालेलाई कसरी चित्त बुझाउँछन् परिस्थितिले निर्धारण गर्ने देखिएको छ ।