logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु


अंकुरण खबर
1.56K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। बैठक रास्वपा पार्टी कार्यालय बसुन्धरामा सुरु भएको हो।

बैठकमा सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा छलफल हुने बताइएको छ। रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविकाे नागरिकता अवैध भएकाे भन्दै सर्वाेच्चले गरेकाे फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयकाे टुङ्गाे लगाउने बताउँदै आएका छन्।

आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै  रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली रविलाई गृह मन्त्रालय दिन तयार छन् भने प्रधानमन्त्री दाहाल भने गृह मन्त्रालय सुम्पिन तयार भएका छैनन्।

माघ १३ गते शुक्रबार सर्वाेच्च अदालतले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेकाे ना‍गरिकता अवैध भएकाे फैसला गरेपछि उनी पद तथा जिम्मेवारीबाट मुक्त भएका थिए।

रवि‍ले त्यसलगत्तै आइतबार जिल्ला प्रशासन काठमाडाैँबाट नेपाली नागरिकता लिए पनि उनले पुन:जिम्मेवारी पाउने या नपाउने भन्ने विषयमा यतिबेला चर्काे बहस चलिरहेकाे छ।