logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जंगलमा घाँस काटन गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु


अंकुरण खबर
1.469K
Shares

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ।

राैतहटकाे धन्सार क्षेत्रकाे जंगलमा घाँस काटन गएकी एक महिलाकाे जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान साडे ९ बजे घाँस काटन गएकी चन्द्रपुर नगरपालिका वडा नं ४ बस्ने ४९ बर्षिय मीना मगरको मृत्युु भएको हाे । हात्तीकाे आक्रमणले मगरको घटना स्थल मै मृत्युु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले जनाएको छ ।

अहिले घटना स्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कुमार कर्ण, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटा लगायत पुगेका छन ।