logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अरू खोट नदेखेपछि टुरिष्ट उम्मेदवारको आक्षेप लगाए(स्वर्णिम वाग्ले)


अंकुरण खबर
1.326K
Shares

राष्टिय स्वतन्त्र पार्टीबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो ज्ञान र अनुभवका आधारमा विकासको एजेण्डा लिएर चुनावमा आउदा टुरिष्ट उम्मेदवारको आरोप लगाइको गुनासो गरेका छन् ।

अन्य खोट नदेखेपछि टुरिष्टको आरोप लगाइएको उनले गुनासो गरे ।
तनहुँको आबुखैरनीमा आयोजित कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै वाग्लेले देश विदेशमा हासिल गरेको ज्ञानलाई राजनीतिमार्फत मुलुकको समृद्धि र रुपान्तरणमा लगाउन आएको बताएका हुन् ।
रवि काभ्रेको मान्छे चितवनमा आएर सर्वाधिक मतान्तरसहति विजयी हुनुभयो । प्रदीप पौडेललाई काठमाडौं ५ मा जिताउन म मरिहत्ते गरेर लागेँ । अरू खोट देखाउन नसकेपछि मलाई टुरिष्ट उम्मेदवार भने’, वाग्लेले भने ।
वाग्लेले चुनाव जित्दैमा क्षणभरमा चमत्कार गर्छु भनेर झुटा आश्वासन नबाँड्ने बताए । ‘रातारात चमात्कार गर्छु भनेर भन्दिनँ, यहाँको विकासका लागि इमानदार प्रयास रहनेछ’, वाग्लेले भने, ‘तनहुँ १ ले गर्व गर्न लायक सांसद बनेर देखाउने छु ।’
वाग्लेले फराकिलो मतअन्तरले चुनाव जित्ने विश्वास लिएको बताए ।