निर्वाचन आयोगले गत मंसीर ४ मा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
उनीहरूलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न पनि आयोगले निर्देशन दिएको छ। खर्च विवरण सार्वजनिक गरि त्यसको जानकारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई दिन पनि भनिएको छ।
प्रतिनिधि सभाका दुई हजार ३७३ जना र प्रदेश सभाका पाँच हजार ५६१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन्।
सात दिनभित्र खर्च विवरणसहित स्पष्टीकरण नदिएमा कारबाही हुने आयोगले जनाएको छ।