काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातभर जसो वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा रातभर वर्षा भएको हो। अहिले पनि कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
राति समग्रमा हल्का ९१० मिलिमिटरभन्दा मुनिको वर्षा० देखि मध्यम ९१० मिलिमिटरभन्दा बढी, ५० मिलिमिटरभन्दा कम पानी पर्नु० सम्म वर्षा भए पनि कतिपय ठाउँमा भारी वर्षा ९५० मिलिमिटरभन्दा बढी, सय मिलिमिटरभन्दा कम पानी पर्नु० पनि भएको मौसमविद् पौडेलले जानकारी दिए।
‘विगत २४ घण्टामा मकवानपुरमा ८० मिलिमिटर र लमजुङमा ७८ मिलिमिटर वर्षा भएको छ’, उनले भने।
काठमाडौंमा कति पर्यो पानी ?
काठमाडौं उपत्यकामा पनि रातभरजसो वर्षा भएको छ।
मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा साँझ ६/७ बजे पानी पर्न सुरु भएको थियो। ‘बिहान ३ बजेदेखि रोकियो’, उनले भने, ‘फेरि बेलुकातिर वर्षा हुने सम्भावना छ।’
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा झन्डै भारी वर्षा भएको छ। मौसमविद् पौडेलका अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४९ मिलिमिटर पानी परेको हो। ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
आज कहाँकहाँ पर्छ पानी ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
तापक्रम कहाँकहाँ घट्यो ?
एकरदुई दिनदेखि मौसम बदली (बादल लाग्नु) र वर्षा भइरहेकाले देशका धेरैजसो स्थानमा तापक्रम घटेर गर्मी कम भएको छ।
मौसमविद् पौडेलका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भेगमा तापक्रम घटेको छ।
‘४० डिग्रीभन्दा माथि पुगेको विराटनगरको अधिकतम तापक्रम अहिले ३५/३६ मा झरेको छ’, उनले भने। मौसम बदली र वर्षा भएका स्थानमा यसैगरी तापक्रम घटिरहेको उनले बताए।
तर सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका तराई क्षेत्रमा भने अहिले पनि तापक्रम यथावत् नै छ। ‘त्यता अझै केही दिन गर्मी नै हुने देखिन्छ’, उनले भने, ‘वर्षाको सम्भावना देखिएको छैन।’
ती प्रदेशका तराईमा तातो हावारलु चलिरहेकाले त्यसको असरबाट बच्न होसियारी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।